Logo

प्रमुख समाचार

मन्त्रीहरूको शपथग्रहणमा सभामुख र उपसभामुख अनुपस्थित



काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार सम्पन्न तीन मन्त्रीहरूको शपथग्रहण समारोहमा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना अनुपस्थित भएका छन् । निर्वाचन घोषणा भइसकेकाले उनीहरूको पद कायम भए पनि सार्वजनिक कार्यक्रममा उनीहरू देखिएनन् ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई शपथ गराएका थिए ।

अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ लिएका हुन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल भने मन्त्रीहरुको सपथमा उपस्थित थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १२:५९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।