Logo

प्रमुख समाचार

जेनजी प्रदर्शनमा भेटिएको १५ केजी चाँदी प्रहरीलाई बुझाइयो



काठमाडौँ । जेनजी प्रदर्शनमा काठमाडौँको महाराजगञ्ज क्षेत्रमा भेटिएको भन्दै ३ जना व्यक्तिले १५ केजी चाँदीको सिक्का प्रहरीलाई बुझाएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–३ महाराजगञ्ज बस्ने विकाश गुरुङ सहितका ३ जनाले सशस्त्र प्रहरीलाई चाँदी बुझाएका हुन् ।

सशस्त्र प्रहरीले उक्त चाँदी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।

सशस्त्र प्रहरीले चाँदीको सिक्का आफूहरूलाई बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

उनले भने, ‘त्यसमा थप केही छ कि भनेर हामी अनुसन्धान गर्दैछौँ ।’

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार २१:३१   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।