Logo

प्रमुख समाचार

प्रधानमन्त्री कार्की र डा. रूइतबीच तिलगंगामा भेट, भने- ‘यति धेरै बिरामी छाडेर मन्त्री हुन जान्नँ’



काठमाडाैं ।  प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार बिहान तिलगंगा आँखा प्रतिष्ठान पुगेर ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा. सन्दुक रूइतसँग भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री र डा. रूइतबीच के विषयमा कुराकानी भयो भन्नेबारे आधिकारिक जानकारी बाहिर नआए पनि यो भेट प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल विस्तारको तयारी गरिरहेकै समयमा भएको हो ।

पत्रकारहरूले तिलगंगाबाट निस्किएपछि प्रधानमन्त्रीसँग कुराकानीको विषयबारे जिज्ञासा राखे पनि उनले कुनै जवाफ दिइनन् । त्यसपछि पत्रकारहरूले डा. रूइतसँग सोध्दा उनले भने, ‘यत्रो छ यहाँ (आँखा अस्पतालमा) काम छाडेर आउने? बिरामीलाई छाडेर आउँदैन।’

प्रधानमन्त्री कार्कीको नेतृत्वमा हालसम्म चार सदस्यीय मन्त्रिमण्डल गठन भइसकेको छ । उनले ११ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरिरहेकी छिन् । यस्तै बेला डा. रूइतसँगको भेटलाई सम्भावित मन्त्री नियुक्तिसँग जोडेर हेरिएको छ, यद्यपि दुबै पक्षबाट त्यसबारे औपचारिक पुष्टि गरिएको छैन ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १३:२६   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।