काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार बिहान तिलगंगा आँखा प्रतिष्ठान पुगेर ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा. सन्दुक रूइतसँग भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री र डा. रूइतबीच के विषयमा कुराकानी भयो भन्नेबारे आधिकारिक जानकारी बाहिर नआए पनि यो भेट प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल विस्तारको तयारी गरिरहेकै समयमा भएको हो ।
पत्रकारहरूले तिलगंगाबाट निस्किएपछि प्रधानमन्त्रीसँग कुराकानीको विषयबारे जिज्ञासा राखे पनि उनले कुनै जवाफ दिइनन् । त्यसपछि पत्रकारहरूले डा. रूइतसँग सोध्दा उनले भने, ‘यत्रो छ यहाँ (आँखा अस्पतालमा) काम छाडेर आउने? बिरामीलाई छाडेर आउँदैन।’
प्रधानमन्त्री कार्कीको नेतृत्वमा हालसम्म चार सदस्यीय मन्त्रिमण्डल गठन भइसकेको छ । उनले ११ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरिरहेकी छिन् । यस्तै बेला डा. रूइतसँगको भेटलाई सम्भावित मन्त्री नियुक्तिसँग जोडेर हेरिएको छ, यद्यपि दुबै पक्षबाट त्यसबारे औपचारिक पुष्टि गरिएको छैन ।




















प्रतिक्रिया