Logo

समाचार

उच्च मनोबलले काम गर्न ट्राफिक प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन



काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मंगलबार निरीक्षण गर्दै मन्त्री अर्यालले उच्च मनोबलका साथ आफ्नो काममा खटिन निर्देशन दिएका हुन् ।

गृहमन्त्री अर्याललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, एआईजी दानबहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, एसएसपी नवराज अधिकारी लगायतले ट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ गरेका थिए ।

 

 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १४:०४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।