Logo

प्रमुख समाचार

प्रधानमन्त्री कार्की र प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्तापछि सामाजिक सञ्जाल एक्समा लेख्दै मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो कुराकानी भएको बताए । वार्तामा मोदीले नेपाल सरकारलाई भारतको बलियो समर्थन रहेको उल्लेख गरे।

उनले लेखे, ‘हालै भएको दुःखद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई पुनः पुष्टि गरें।’

 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १३:१५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।