काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बचाउन र अन्तरिक सरकार गठनका लागि आफूले सहजीकरण गरेका बताएका छन् ।
जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि संविधान र राष्ट्रपति संस्था पनि खारेज गर्न लागिएको दाबी गर्दै प्रचण्डले आफूले सबैपक्षसँग वार्ता गरेर जोगाएकाे दाबी गरेका हुन् ।
संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यसका लागि राष्ट्रपति र प्रधान सेनापतिसँग रातभर छलफल गरेको बताएका हुन् ।
‘इतिहासले, घटनाक्रमले र संयोगले यो प्रक्रियामा कुनै न कुनै रुपले सहजीकरण गर्ने अवसर दियो मलाई । मैले संसद विघटन मात्रै होइन । संविधान खारेज गर्ने र राष्ट्रपति हटाउन के कस्ता कसरत भए भन्ने कुरा नजिकबाट हेर्ने, बुझ्ने अवसर पाए’, उनले भने, ‘अन्तिममा हुन सक्ने जति सहजीकरण रातभर बसेर सम्माननीय राष्टपति, प्रधानसेनापति र अन्य दलका नेताहरुसँग संवाद गरेर अन्तरिम सरकारको यो रुपमा गएर पनि संविधान बचाउनु पर्छ भनेँ ।’
वर्तमान संविधान सामान्य संविधान नभएको बताउँदै उनले राष्ट्रपति संस्थालाई हरहालतमा बचाउनुपर्छ भनेर आफू लागेको बताए । यो संविधान र राष्ट्रपति संस्थासँग माओवादीको योगदान रहेको बताउँदै उनले यो सहजीकरण गर्ने अधिकार पनि भएको बताए ।






















प्रतिक्रिया