Logo

प्रमुख समाचार

डा. मनोज केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी



नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा डा. मनोज केसीलाई सरूवा गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. केसीलाई सीआईबी प्रमुख बनाएको हो ।

‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखमा एआईजी मनोजकुमार केसीलाई सरुवा गरिएको छ,’ गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबारको मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा भने ।

डा. केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेतालाई पनि तानेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ डा. आरजु राणसहित अनुसन्धान गर्दा उनलाई हटाइएको थियो।

अहिले फेरि केसीलाई नै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सीआईबी प्रमुख बनाएको हो । नक्कली भुटानी शरणार्थी प्रकरण खोतल्दा ट्वासीका रुपमा रहेका उनी अहिले सीआईबीको नेतृत्व गर्दै फर्किएका छन्।

केसीले नै बालुवाटारस्थित ललिता निवासको जग्गा विक्री प्रकरणमा पनि अनुसन्धान गरेका थिए । वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ आगामी कात्तिक १७ गते अवकाशमा गएपछि खाली हुने आईजीका लागि केसी बलिया दाबेदारमध्ये एक हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार २०:३५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।