Logo

समाचार

जेनजी आन्दाेलनमा भागेका करिब ७ हजार कैदीबन्दी कारागार फर्किए, साढे ७ हजार सम्पर्कविहीन



काठमाडौं । जेनजी प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी गरेर भागेका मध्ये ७ हजार ६२७ कैदीबन्दी अझै फरार छन् । गएको भदौ २४ गते उग्र प्रदर्शनका क्रममा देशभरका धेरै कारागारबाट कैदीबन्दी भागेका थिए ।

कारागार व्यवस्था विभागको तथ्यांकानुसार देशभरका २८ कारागार र नौ सुधारगृहबाट कैदी तथा थुनुवा भागेका थिए । त्यस दिन कुल १४ हजार ५५६ जना भागेका हुन् । कारागारबाट १३ हजार ५९२ र सुधारगृहबाट ९६४ जना भागेका थिए ।

त्यसरी भागेका मध्ये आइतबार (असोज ५) साँझसम्म कुल ६ हजार ९२८ जना कारागार फर्किएका छन् । सम्पर्कमा नआएका अधिकांश जघन्य तथा संगठित अपराधमा संलग्न रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १५:४२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।