Logo

समाचार

जेनजी आन्दोलनमा बिग्रिएका सबै लिफ्ट निःशुल्क बनाइदिने नेपाल लिफ्टसको घोषणा



काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका लिफ्ट तथा एस्केलेटरहरूको निःशुल्क मर्मत गर्ने घोषणा नेपाल लिफ्टस प्रालिले गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो अभियान सुरु गरेको जानकारी दिएको हो ।

नेपालमा दुई दशकदेखि एलिभेटर तथा एस्केलेटरको क्षेत्रमा सेवा दिँदै आएको नेपाल लिफ्टसले एसिया फुजीसँगको सहकार्यमा यो अभियान अगाडि सारेको हो ।

नेपाल लिफ्टसका प्रबन्ध निर्देशक निरज श्रीवास्तवले भने, “जेनजी आन्दोलनले देश परिवर्तनको प्रयास गर्‍यो, तर त्यस क्रममा भएको भौतिक क्षति दुःखद् छ। अब पुनर्निर्माणको समय हो, र त्यसमा हामी सहयात्री बन्न चाहन्छौं।”

कम्पनीले आन्दोलनका कारण क्षति भएका सबै सरकारी तथा निजी भवनका लिफ्टहरूको आवश्यक मर्मत सम्भार निःशुल्क गर्ने जनाएको छ।

नेपाल लिफ्ट तथा एसिया फुजी ब्रान्डबाहेकका लिफ्टहरूको मर्मत गर्दा आवश्यक स्पेयर पार्ट्स सम्बन्धित कम्पनी वा भवनधनीले उपलब्ध गराउनु पर्नेछ। तर, प्राविधिक जनशक्ति र मर्मतसम्भारमा लाग्ने श्रम शुल्क भने नेपाल लिफ्टसले निःशुल्क प्रदान गर्नेछ। यो अभियानका लागि नेपाल लिफ्टसले ९८५१०३८७७६ वा ९८५१२३८७७६ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १६:२०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।