काठमाडाैं । जेनजी आन्दोलनले निरन्तर उठाउँदै आएको मागअनुसार प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारले भ्रष्टाचार छानबिन आयोग गठन गर्ने आन्तरिक तयारी अघि बढाएको छ । आयोगको संरचना र कार्यक्षेत्रबारे सरकारी पक्षले गृहकार्य सुरु गरेको भए पनि यसको प्रमुख को हुने भन्ने विषयमा राजनीतिक र नागरिक वृत्तमा तीव्र चासो बढेको देखिन्छ ।
सरकार नजिकका स्रोतका अनुसार आयोग प्रमुखका लागि विभिन्न नामहरूमा छलफल भइरहेका छन् । तीमध्ये निष्पक्ष छवि बोकेका पूर्व प्रधानन्यायाधीश, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश, अख्तियारका पूर्व आयुक्त, स्वतन्त्र कानुन व्यवसायी तथा नागरिक समाजका प्रतिष्ठित व्यक्तित्वहरूलाई प्राथमिकतामा राखिएको बताइएको छ ।
प्रधानमन्त्री कार्यालयले यसबारे दलहरू, जेनजी आन्दोलन पक्ष तथा नागरिक समाजसँग परामर्श प्रक्रिया सुरु गरेको बुझिएको छ । आन्दोलनकारी पक्षले आयोगलाई राजनीतिक भागबन्डा वा सत्ता समीकरणमा अल्झन नदिने र निडर, विश्वसनीय र जनविश्वासिलो व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने आग्रह गर्दै आएको छ ।
यसैबीच, आयोग गठनले मुलुकमा भ्रष्टाचारविरुद्धको लडाइँलाई नयाँ मोड दिने अपेक्षा राखिएको छ । तर, प्रमुख पदमा कसले विश्वास जित्छन् र नेतृत्वमा पुग्छन् भन्ने विषयमा सबैको नजर प्रधानमन्त्री कार्कीको निर्णयमा टिकेको छ ।





















प्रतिक्रिया