काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरी हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । प्रहरी हत्यामा संलग्न रहेको आरोपमा काभ्रेका युवराज क्याप्छाकी पक्राउ परेका हुन् ।
उनले महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।
सोही भिडियोको आधारमा प्रहरीले क्याप्छाकीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो । उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान हुने भएको छ ।
जेनजीको २४ भदौको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो । रायको सिन्धुलीको हो भने थापाको घर दार्चुला हो ।





















प्रतिक्रिया