Logo

प्रमुख समाचार

ज्यान बचाऔँ, यात्रा पछि गरौँला: जिल्ला प्रशासन कार्यालय चितवन



चितवन । नारायणगढ–मुग्लिङ सडक खण्डमा आज ठुलो पहिरो खस्दा आवागमन पूर्णरूपमा बन्द भएको छ। पहिरो ठुलो भएकाले तत्काल सडक खुल्ने सम्भावना नरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन र सुरक्षाकर्मीहरूले यात्रु तथा सवारी धनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।

वैकल्पिक मार्गका रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौँडा, रुपन्देहीको बुटवल, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती र गैँडाकोट, धादिङको नौबिसे तथा तनहुँतर्फ जाने यात्रुका लागि खैरेनीटारमार्ग प्रयोग गर्न सुझाव दिइएको छ ।

प्रशासनले यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र यात्रामा समस्या परेमा खटिएका ट्राफिक प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग सहयोग लिन आग्रह गरेको छ ।

प्रशासनले जोखिम मोलेर यात्रा समेत नगर्न आग्रह गरेको छ । आफ्नो ज्यान बचेमा पछि पनि यात्रा गर्न सकिने जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १९:४२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।