काठमाडौं । एसपी र डिएसपीपछि प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरको सरुवा निकालेको छ ।
मंगलबार इन्सपेक्टरहरुको नियमित सरुवा निकालिएको हो । सूची भने सार्वजनिक गरिएको छैन ।
धेरै वर्षपछि नेपाल प्रहरीले राजनीतिक सिफारिसबिना सरुवा निकाल्न पाएको छ ।
चलखेल कम भएकाले एसपी र डिएसपी सरुवामा ठूलो विवाद भएन ।
यद्यपी अख्तियारमा कार्यरत धेरैले अवसर पाएको र आइजीपीले आफु निकटस्थहरुलाई च्यापेको आरोप पनि लागेको छ ।
जेनजी आन्दोलनपछि मनोबल खस्किएको प्रहरीमा अहिले क्षमताअनुसार जिम्मेवारी दिनुपर्ने माग उठिरहेको छ।




















प्रतिक्रिया