Logo

प्रमुख समाचार

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलि, आज स्थायी कमिटीले एजेन्डा तय गर्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक भोलि बस्ने भएको छ । बैठकको एजेन्डा तय गर्न आज दिउँसो १ बजे पार्टीको स्थायी कमिटी बैठक बस्दैछ ।

केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनकाअनुसार, स्थायी कमिटी बैठकले भोलिको बैठकको कार्यसूची तय गर्नेछ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बसेको पदाधिकारी बैठकमा मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्तावसहित पार्टीका सबै कमिटी भङ्ग गर्ने प्रस्ताव अघि सारेका थिए । सो प्रस्तावमा निर्णय गर्न केन्द्रीय कमिटी बैठक आह्वान गरिएको हो ।

बैठकमा ४५० भन्दा बढी केन्द्रीय सदस्यसहित आयोग सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि र प्रदेश पदाधिकारीलाई बोलाइएको छ । बैठकमा सहभागी सदस्यहरूबाट १,००० रुपैयाँ प्रवेश शुल्क लिने प्रस्ताव गरिएको छ । मुख्यसचिव पुनले भने, ‘प्रवेश शुल्क लिने प्रस्ताव गरिएको हो, आजको स्थायी कमिटी बैठकले अन्तिम निर्णय गर्छ ।’

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १४:०२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।