Logo

प्रमुख समाचार

कर्णालीदेखि कोशीसम्म वर्षा, अझै केही दिन पर्नेछ पानी



काठमाडौं। स्थानीय वायुको प्रभावले कर्णाली प्रदेशको पूर्वी भूभागदेखि कोशी प्रदेशसम्मै पानी परिरहेको छ । यो पानी आजै रातिदेखि कम हुँदै जाने पूर्वानुमान छ ।

तर फेरि भोलि–पर्सिसम्म पनि पानी पर्ने सम्भावना भने कायमै रहेको मौसमविदहरुले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरुका अनुसार पानी पार्नका लागि अहिले स्थानीय वायुबाहेक अरु उल्लेखनीय प्रणाली छैन ।

मौसमविद हरिप्रसाद दाहालले अनलाइनखबरसँग भने, ‘आज दिउँसैदेखि मजाले परिरहेको पानी स्थानीय वायुको प्रभाव थोरै एक्टिभ भएर हो र यो आज रातिदेखि कम हुँदै जाने देखिन्छ ।’

बुधबार बेलुकी सात बजेतिर यो समाचार तयार पार्दासम्म गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा मध्यमसम्मको वर्षा भइरहेको छ । लुम्बिनी, कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का पानी परिरहेको छ ।

राति धेरै स्थानमा पानी पर्न रोकिने पूर्वानुमान छ । भोलि विहीबारको दिन पनि एक–दुई स्थानमा मात्र भारी वर्षा खण्डित रुपमा हुनसक्ने सम्भावना छ ।

भोलि विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यम खालको वर्षा हुन सक्ने पूर्वानुमान छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार २०:२५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।