Logo

प्रमुख समाचार

व्यक्तिविरुद्ध नभइ पार्टीको प्रणाली र प्रवृत्तिमा केही न केही सुधार गर्नैपर्छ : तोसिमा कार्की



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य तोसिमा कार्कीले व्यक्तिविरुद्ध नभइ पार्टीको प्रणाली र प्रवृत्तिमा केही न केही सुधार गर्नैपर्ने बताएकी छिन् ।

बुधबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

‘यो क्रान्ति, जनआन्दोलन किन हुन पुग्यो त ? आत्मालोचना र समीक्षा गरिरहेका छौं,’ उनले भनिन्, ‘केन्द्रीय सचिवालयमा केही फेरबदर गर्ने हो कि ? नीति, सिद्धान्तमा केही परिवर्तन गर्नुपर्ने हो कि ? व्यक्तिका विरुद्धमा नभइ प्रणाली र प्रवृत्तिमा केही न केही सुधार गर्नैपर्छ ।’

उनले यथास्थितिमा नभइ केही न केही परिवर्तनको सन्देश दिनुपर्ने बताइन् ।

‘यथास्थितिमा रहने होइन, केही न केही परिवर्तनको सन्देश दिनुपर्नेछ । दुईपटक हामी सरकारमा हुँदाहुँदै पनि यति धेरै जनाको ज्यान जाने गरी ठूलो क्रान्ति किन भयो त ? हामीले आत्मसमीक्षा गर्नुपर्दछ,’ कार्कीले भनिन्, ‘त्यसको बाटो भनेको रिर्फमेसन हो । त्यसमा नेतृत्व र व्यक्तित्वको कुरा मात्रै हुँदैन ।’

पार्टी सदस्यहरूले बोक्ने सिद्धान्त, राजनीतिक चरित्रलाई दिने एउटा कार्यदिशा, मार्गनिर्देशन पनि हुने उनले बताइन् ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार २२:३३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।