काठमाडौं । जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा भएको तोडफोड र आगजनीपछि सरकारले सरकारी सम्पत्ति बीमा गर्ने निर्णय गरेको छ ।
५ असोजको मन्त्रिपरिषद् बैठकले सरकारी भवन, गाडी लगायत भौतिक संरचनाको बीमा प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । हालसम्म सवारीसाधनको तेस्रो पक्ष बीमा बाहेक अन्य सरकारी सम्पत्तिको बीमा गरिएको थिएन ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयकाअनुसार, बीमा नहुँदा जेनजी आन्दोलनबाट निजी क्षेत्रभन्दा सरकारी क्षेत्रलाई बढी क्षति पुगेको छ । बीमा गर्न सम्पत्ति मूल्यांकन, बजेट विनियोजन र बीमांक निर्धारण प्रक्रिया अघि बढाइनेछ ।
बीमा प्राधिकरणले यसअघि नै सरकारी सम्पत्ति बीमा गर्न सुझाव दिएको थियो। प्राधिकरणले यस्तो बीमाका लागि ‘ब्ल्यांकेट बीमा योजना’ उपयुक्त हुने जनाएको छ । हाल क्षतिको तथ्यांक संकलन भैरहेको र करिब एक महिनापछि पूर्ण विवरण आउने सरकारको भनाइ छ ।




















प्रतिक्रिया