Logo

प्रमुख समाचार

प्रचण्डको प्रस्तावमा नारायणकाजी र जनार्दनको असहमति



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा प्रस्तुत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति राखेका छन् ।

बिहीबार काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको माओवादी केन्द्रीय कमिटीको सातौँ बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।

तर, प्रचण्डको प्रस्तावमा नेता श्रेष्ठ र शर्माले असहमति राखेका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको प्रस्तावअनुसार मङ्सिरमा विशेष महाधिवेशन सम्भव नरहेको भन्दै प्रतिनिधि सभाको निर्वाचनपछि महाधिवेशनमा जानुपर्ने बताए । ‘मङ्सिरमा विशेष महाधिवेशन सम्भव छैन, निर्वाचन पछि महाधिवेशन गर्नुपर्छ’ श्रेष्ठको भनाइ छ ।

अध्यक्ष प्रचण्डसहित श्रेष्ठ र शर्माले धारणा राखेपछि बैठक शुक्रबार बस्नेगरी पहिलो दिनको बैठक सकिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १५:४४   :  बजे

336
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।