Logo

प्रमुख समाचार

पार्टी फोरमबाट समाधान खोजौं, सडकमा कराउँदै नहिँडौं: अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपश्चात नेता-कार्यकर्ताबाट उठिरहेको पुनर्गठन, पुस्तान्तरण, सुधारको बहसका सन्दर्भमा मुख खोलेका छन् ।

बिहीबार गुण्डुमा प्रेस चौतारीका पत्रकारसँगको भेटमा ओलीले केही कुरा भए पार्टीभित्रका फोरममा उठाउनुपर्ने बताए । त्यस्ता कुरा बाहिर बाहिरै गर्दै हिँड्न नहुने उनको भनाइ थियो ।

ओलीले भने, ‘केही कुरा भए पार्टीभित्रका फोरममा उठाउनुहोस् । समस्याको समाधान दिन्छ, सडकमा कराउने हैन नि !’

उनले ‘झोले’ भन्दै आगो लाउने र प्रतिशोध साँध्ने ट्रेण्डले देशलाई अराजकता र अशान्तितर्फ धकेलेको बताए ।

‘यो कस्तो सभ्यता हो ? कसले फैल्याउँदैछ यो ? सचेत नयाँ पुस्ताले बुझ्न सक्नुपर्छ’, ओलीको भनाइ थियो । उनले देश कानून र न्याय संगत ढंगले चल्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार २२:१९   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।