Logo

प्रमुख समाचार

जेनजी आन्दोलनपछि अदालतलाई प्राथमिकता दिएर पुनर्निर्माण



काठमाडौं । जेनजी युवा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनामध्ये अदालतहरूलाई प्राथमिकता दिई पुनर्निर्माण कार्य थालिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयको प्रारम्भिक तथ्यांक अनुसार आन्दोलनमा संघअन्तर्गत ४३५ सरकारी संरचना प्रभावित भएका छन् ।

सर्वोच्च अदालतसहित उच्च, जिल्ला र विशेष अदालतमा आगजनी भएको थियो । भवनहरू अवलोकन गर्दा २४ वटा पूर्ण रूपमा प्रयोग गर्न अयोग्य ठहरिएका छन्, जसमा सर्वोच्च अदालत, प्रधानमन्त्री निवासका भवन, प्रधानन्यायाधीश आवास, स्वास्थ्य मन्त्रालयलगायतका संरचना छन् ।

असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट अर्थमन्त्रीको अध्यक्षतामा भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन गरिएको छ । समितिले पुनर्निर्माणको क्रममा अदालतलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ ।

सर्वोच्च अदालतका कागजपत्र र रेकर्ड जलेर नष्ट भएका छन् । अहिले पालमुनिबाट सेवा सञ्चालन भइरहेको छ । आन्दोलनमा सार्वजनिक र निजी गरी एक खर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार १२:१५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।