Logo

प्रमुख समाचार

माओवादी–समाजवादीबिच एकता हुने, बनायो वार्ता टोली



नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न नेकपा (एकीकृत समाजवादी) ले वार्ता टोली गठन गरेको छ । समाजवादीले वरिष्ठ उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।

‘वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहसँग एकता वार्ता गर्नको लागि वरिष्ठ नेता डा.बेदुराम भुसालको संयोजकत्वमा वरिष्ठ नेता कमरेड प्रमेश हमाल र उपाध्यक्ष कमरेड प्रकाश ज्वाला सदस्य रहनु भएको वार्ता टोली गठन गरिएको छ।

वार्ता टोलीले निम्न सैद्धान्तिक आधारमा वार्ता गर्नेछ,’ पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानिमा भनिएको छ ।

अपानिमा पार्टी एकताका सैद्धान्तिक आधार पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुने, नेपाली क्रान्ति जनवादी चरण पूरा गरेर समाजवादी चरणमा प्रवेश गरेको मान्ने, आम नेपाली जनता र दलाल नोकरशाही पूँजीपति वर्गबीचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्ने उल्लेख छ ।

यता माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चाबीच एकीकरण र ध्रवीकरणको प्रयास भइरहेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार २१:२६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।