रौतहट । बाढीले बगाएर ल्याएका दाउरा टिप्ने क्रममा रौतहटमा बागमती नदीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ भने अर्का एक वृद्धको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
मृत्यु हुनेमा माधवनारायण नगरपालिका–८ निवासी ७५ वर्षीया पन्मा देवी राय रहेकी छिन्।
इलाका प्रहरी कार्यालय पिपरारजवडाका अनुसार, आज बिहान करिब ९ः३० बजे उनी घरदेखि करिब दुई किलोमिटर उत्तर–पूर्वमा पर्ने बागमती नदीमा दाउरा टिप्न गएकी थिइन्।
उक्त घटनाकाे केही समयपछि गढीमाई नगरपालिका–५ मा पनि बागमती नदीमै दाउरा टिप्ने क्रममा ६५ वर्षीय बिगन राय यादव नदीले बगाएका थिए।
उनलाई सशस्त्र प्रहरी बल सन्तपुरबाट खटिएको टोलीले सकुशल उद्धार गरेको हो। हाल उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयले जनाएको छ।



















प्रतिक्रिया