Logo

प्रमुख समाचार

इलाम पहिरोः नेपाली सेनाको हेलिकप्टरमार्फत ४ घाइतेको उद्धार



काठमाडौं । इलाममा आएको बाढीपहिरोले गम्भीर मानवीय क्षति पुर्‍याएको छ।

घटनामा घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ।

सबैभन्दा बढी क्षति इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा भएको जनाइएको छ।

प्रभावित क्षेत्र माङसेबुङ–१, गजुरमुखीबाट ४ जना गम्भीर घाइतेको उद्धार गरिएको हो। घाइतेमध्ये एकजना गर्भवती महिला समेत छन्।

स्थानीयबासी मिलन लिम्बुका अनुसार उद्धार गरिएका घाइतेलाई तत्काल उपचारका लागि सुरक्षित स्थानमा पुर्‍याइएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आईतवार १२:४९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।