काठमाडाैं । यसवर्षको मनसुन बाहिरिन सुरु गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार दिउँसो सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको हो ।
हाल लुम्बिनी प्रदेशको मध्य तथा पूर्वी भूभाग, गण्डकी प्रदेशको पूर्वी भाग र अन्य प्रदेशहरूमा भने अझै मनसुनी वायु सक्रिय रहेको विभागले जनाएको छ । मनसुन क्रमशः कमजोर बन्दै गएकाले केही दिनमै देशका सबै भागबाट मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको विभागले बताएको छ ।
नेपालमा मनसुन सामान्यतः अक्टोबर २ तारिख (असोज १६ गते) मा बाहिरिने गर्छ । तर, यस वर्ष त्यो मितिभन्दा केही ढिलो गरी मनसुन बाहिरिन थालेको हो ।
यसअघि, नेपालमा मनसुन जेठ १५ गते अर्थात् जुन ११ तारिखमा भित्रिएको थियो। यो मितिबाट हेर्दा सरदरभन्दा करिब दुई साता छिटो मनसुन प्रवेश गरेको थियो। सामान्यतया जुन १३ (जेठ २८) मा मनसुन भित्रिने गर्दछ ।
विभागका अनुसार अबको केही दिनभित्रै बाँकी प्रदेशहरूबाट पनि मनसुन बिदा हुनेछ ।





















प्रतिक्रिया