Logo

प्रमुख समाचार

एकैपटक दुई दलसँग एकताको तयारीमा माओवादी



 

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी एकताको अन्तिम गृहकार्यमा जुटेका छन्। यही असोज महिनाभित्र एकता गर्ने उनीहरूको प्रयास छ।ढिलोमा कात्तिकको दोस्रो हप्ताभित्र एकता भइसक्ने नेताहरू बताउँछन्। माओवादी महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र कम्तीमा दुईदलबीच एकता गर्नेबारे निचोडमा पुगिने बताए।

सोमबार पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक सचिवालय बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले एकताको लागि माधवकुमार नेपालसहितका नेता र महीन्द्रराय यादव तयार भइसकेको दाबी गरे।‘समाजवादी मोर्चामा भएका सबैसँग एकताको पहल गर्ने काम भइरहेकै छ, माधव नेपाल र महीन्द्रसँग छिट्टै एकता हुनसक्छ, दुई दिनमा त्यसबारे एउटा निष्कर्ष निस्किएला,’ प्रचण्डले बैठकमा भने, ‘अब दुई दिन पर्खौँ। त्यसपछि औपचारिक बैठक गरेर एकताको विषयमा अरु ठोस निर्णय गरौँला।’ एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता बेदुराम भुसालले एकताबारे घनीभूत छलफल भइरहेको स्वीकार गरे।

 

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार २२:५५   :  बजे

348
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।