Logo

प्रमुख समाचार

केपी ओली, रमेश लेखक सहित ५ जनाको राहदानी रोक्का नभएको, तर पाउने छैनन् काठमाडौं छाड्न



भदौ २३ र २४ गते भएका घटना छानबिन गर्न बनेको आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक सहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको आयोगले यही असोज १२ गते गरेको उक्त निर्णय कसरी कार्यान्वयन भइरहेको छ?
के ओली र लेखक सहित पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश भ्रमण गर्न नदिन उनीहरूको राहदानी रोक्का गरियो? यसमा सरकारको कुन निकायले कस्तो कारबाही बढायो?
हामीले आयोगका अध्यक्ष कार्कीसहित अध्यागमन र राहदानी विभागका अधिकारीहरूसँग यसबारे कुरा गरेका छौं।
पूर्वन्यायाधीश कार्कीले भदौ २३ र २४ का घटना छानबिन सिलसिलामा ओली, लेखक सहित पाँच जनालाई कुनै पनि बेला आयोगमा उपस्थित गराउनुपर्ने हुँदा विदेश भ्रमणमा रोक लगाउन गृह र परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको जानकारी दिए।
‘हामीले गृह र परराष्ट्रलाई आवश्यक कारबाही बढाउनू भनेर लेखी पठाएका छौं,’ उनले सोमबार सेतोपाटीसँग भने, ‘उनीहरूलाई विदेश जान नदिन र आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न भनेका हौं। बाँकी प्रक्रिया उनीहरूले नै गर्छन्।’
यसबारे अध्यागमन विभागमा बुझ्दा त्यहाँका एक उच्च अधिकारीले गृह मन्त्रालयबाट ती पाँच जनाको यात्रा रोक्न पत्र आएको पुष्टि गरे।
‘आयोगको सिफारिस अनुसार पाँच जनालाई काठमाडौंबाट कतै जाने अनुमति नदिनू भनिएको छ,’ उनले भने, ‘त्यसै अनुसार हामीले उहाँहरूको यात्रामा रोक लगाएका छौं।’

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार २३:०८   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।