पोखरा । जेनजी आन्दोलनका बेला गण्डकी प्रदेशको मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देही घर भई हाल पोखरा बस्ने २२ वर्षीय संजोक थापा रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले बताएकाे छ ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री निवासमा आगजनी गरिएको थियो । त्यसपछि असोज १२ गते पुनः सो निवासमा दोस्रो पटक आगजनी भएको थियो ।



















प्रतिक्रिया