Logo

प्रमुख समाचार

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन पुर्जी



नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीबारे अदालतले थप प्रमाण खोजेको छ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार यसबारे आदेश जारी गर्दै थप प्रमाण पेश गर्न भनेको अदालत स्रोतले जानकारी दिएको छ।
बस्नेतबिरुद्ध शोभा पाठकले साइबर ब्यूरोमा निवेदन दर्ता गरेकी थिइन्।
सोही निवेदनका आधारमा प्रहरीले बस्नेतलाई पक्राउ गर्न पक्राउ पूर्जी माग गरेको थियो। यद्यपि अदालतले थप प्रमाण ल्याउन प्रहरीलाई निर्देशन दिएको हो।
बस्नेतविरुद्ध थप प्रमाण पेश गर्न मंगलबार पौडेलको इजलासले आदेश दिएको हो।
उता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रहरीमा पीडित परिवारले दिएको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ।

 

 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार ०८:२५   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।