काठमाडौं । नागरिक अगुवाहरूको एक समूहले निर्धारित मितिमा चुनाव हुने सुनिश्चित गर्न अपिल गरेको छ ।
३० जना नागरिक अगुवाहरुले संयुक्त अपिल जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुलाई अवकाश लिन सुझाएका हुन् ।
अपिलमा भनिएको छ, ‘विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्व (सभापति/अध्यक्ष) ले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिनुपर्छ । यो केवल कुनै दल विशेषको औचित्य र भविष्यका लागि मात्रै होइन, लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन राजीनामा र स्वेच्छिक अवकाश अपरिहार्य भएको वास्तविकता पनि स्पष्ट पार्न चाहन्छौं ।’






















प्रतिक्रिया