काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमा सम्बन्धी मुद्दा विशेष अदालतमा पठाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दाको फाइल केहीबेर अघि विशेष अदालत पुर्याएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र तत्कालीन भूमि, व्यवस्था सहरकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठमाथि घुष प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्न लागेको हो । दुई मन्त्रीसहित ५ जना विचौलियालाई पनि प्रतिवादी बनाइएको अख्तियार स्रोतले जनाएको छ ।
अख्तियारले पोखराको लिचीबारी प्रकरणमा तत्कालीन मन्त्री गुप्ता र श्रेष्ठ विरुद्ध मुद्धा दायर गर्न लागेको हो । गत असार २८ मा तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताको ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएको थियो ।





















प्रतिक्रिया