काठमाडौं । ने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीलाई नियमित प्रक्रियामा अघि बढाउनुपर्ने तर्क गर्दै मंसिरमै नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका हुन् ।
जेनजी आन्दोलनपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका थिए । तर, आजको बैठकमा भने महामन्त्री थापाले मंसिरमै नियमित महाधिवेशन गर्नेगरी अघि बढ्ने प्रस्ताव गरेका हुन् ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै डा. शशांक कोइरालाले महामन्त्री थापाले महाधिवेशनबारे नयाँ प्रस्ताव अघि सारेको जानकारी दिएका थिए ।





















प्रतिक्रिया