Logo

प्रमुख समाचार

सरकारले सुरक्षाकर्मी घटाएपछि प्रचण्डको सुरक्षा वाईसीएलको जिम्मामा



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा पूर्वलडाकु ब्याकग्राउण्डका वाईसीएलको टोली खटिएको छ । सरकारले सुरक्षामा खटिएको जनशक्ति फिर्ता गरेपछि वाईसीएलले सुरक्षा दिन थालेको हो ।

वाईसीएल अध्यक्ष पुष्प ओलीका अनुसार हालको परिस्थितिमा प्रचण्डमाथि सुरक्षा खतरा हुन सक्ने आँकलनका आधारमा उनीहरूको टोली सुरक्षार्थ खटाइएको हो । ‘हामीले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली परिचालन गरेका छौं,’ उनले पुष्टि गरे ।

प्राप्त जानकारीअनुसार प्रचण्डको सुरक्षाका लागि तीन तहको घेराबन्दी गरिएको छ ।

स्रोतकाअनुसार प्रचण्डको सुरक्षामा पूर्वलडाकुसमेत छन् । उनीहरूलाई तीन तहको सुरक्षा घेरामा परिचालन गरिएको छ । सबैभन्दा भित्री घेरामा विशेष तालिमप्राप्त पूर्वलडाकुहरू छन् ।

बाहिरी घेरामा वाईसीएलको फिल्डमा खटिने गरेको टोली छ । अर्को टोली गोप्य सूचना संकलनको उद्देश्यसहित परिचालन गरिएको छ । यो टोलीले ‘इन्टेलिजेन्स’को जस्तो भूमिका निर्वाह गर्ने छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १३:५३   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।