Logo

प्रमुख समाचार

अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म सार्वजनिक



अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा विशेष कार्यक्रमबीच पुस्तक विमोचन भएको छ ।

पत्रकार तथा लेखक यज्ञशसँगको संवादमा तयार भएको पुस्तकमा जीवनयात्रा, चलचित्र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचारहरू समेटिएको अभिनेता हमालले जानकारी दिए ।

राजनीति, धर्म, केही मनोविज्ञानका कुरासमेत पुस्तकमा समेटिएको उनले बताए । उक्त पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो । उक्त पुस्तक तयार गर्न करिब तीन वर्ष लागेको हमालले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार १९:२२   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।