Logo

कोशी प्रदेश

आज मन्त्री घिसिङले झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै



बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनको क्रममा मन्त्री कुलमान घिसिङ आज झापा जाँदैछन् ।

विपद् संकटग्रस्त क्षेत्र इलामको अवस्था अवलोकन गरेका उनी आज झापा पनि जान लागेका हुन् ।

झापाको कन्काई र बिरिङ खोलाको बाढी बस्तीमा पस्दा झापा गाउँपालिका नराम्रोसँग प्रभावित भएको छ ।

झापा गाउँपालिका लगायतका क्षेत्र अवलोकन गरेर उनी आज काठमाडौं फर्किने कार्यक्रम छ ।

असोज १८ र १९ गतेको अविरल वर्षाले बाढीपहिरो र डुबानले कोशी प्रदेशका जिल्ला नराम्रोसँग प्रभावित भएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार ०९:५१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।