Logo

प्रमुख समाचार

पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्ड सचिवालयको साइबर अपराधसम्बन्धी उजुरी



काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले साइबर अपराध अन्तर्गत उजुरी दर्ता गराएको छ ।

सुवेदीले हालै एक सार्वजनिक अभिव्यक्तिमा जेनजी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट २ करोड रुपैयाँ दुईवटा ट्रकमा बाहिरिएको दाबी गरेका थिए । सो दाबीप्रति आपत्ति जनाउँदै सचिवालयका तर्फबाट संयोजक गोविन्द आचार्यले आइतबार साइबर ब्युरो काठमाडौंमा उजुरी दर्ता गराएका हुन् ।

आचार्यकाअनुसार सुवेदीले सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममार्फत झुटा, भ्रामक र मानहानिकारक टिप्पणी गरेर प्रचण्डको चरित्र हत्या गर्न खोजेको भन्दै उजुरी दिएको हो । “यस किसिमको भ्रामक प्रचारप्रसार साइबर अपराध ऐन अन्तर्गत गैरकानुनी हुन्छ,” आचार्यले भने, “त्यसैले अनुसन्धान गरी कानुनी कारबाही होस् भन्ने माग गरेका छौं।”

यसअघि प्रचण्ड सचिवालयले एक विज्ञप्ति जारी गर्दै सुवेदीलाई आफ्ना दाबीको प्रमाण पेस गर्न सार्वजनिक रूपमा चुनौती दिइसकेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १०:३४   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।