Logo

प्रमुख समाचार

राष्ट्रिय सभाकाे निर्वाचन माघ ११ मा गर्ने तयारी



काठमाडौं । राष्ट्रिय सभाको आगामी निर्वाचन माघ ११ गते गर्ने तयारी सुरु गरिएको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचन आयोगसँगको छलफलमा आयोगले उक्त मिति प्रस्ताव गरेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले पनि आयोगका आयुक्तहरूसँग निर्वाचनको विषयमा छलफल गरिसकेकी छन् । आयोग कानुनअनुसार फागुन २० मा कार्यकाल सकिने १९ मध्ये १८ पदका लागि चुनाव गर्न माघ दोस्रो साता भित्र निर्वाचन गर्न बाध्य छ ।

प्रधानमन्त्री कार्की निर्वाचनमा सकारात्मक रहेको अध्यक्ष दाहालले जनाएका छन् । निर्वाचनमा जेनजीको सहभागिता र मतदाता संरचनाबारे थप राजनीतिक छलफल आवश्यक हुने सुझाव पनि अध्यक्ष दाहालले दिएका छन् ।

फागुनमा एमालेका ८, माओवादीका ७, अन्य ३ र १ मनोनीत सांसदको कार्यकाल सकिँदैछ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १२:२०   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।