काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले मुलुक बर्बादीतर्फ गइरहेको दाबी गरे ।
“हामी सबैभन्दा बढी प्रहारको निशाना भएका छौँ । त्यो हाम्रो गलत नीतिका कारण होइन, राम्रो नीति र राष्ट्रवादी अडानका कारण हो,” उनले भने ।
ओलीले सिमाना, स्वाधीनता र राष्ट्रिय स्वाभिमानका मुद्दामा एमालेले मात्र किन आवाज उठाउने भनेर प्रश्न गर्दै, यस्ता विषय उठाउँदा आफूहरू आलोचित भएको गुनासो गरे ।





















प्रतिक्रिया