काठमाडाैं । कामना सेवा विकास बैंकले हालैमात्र शुरुवात गरेको विशिष्ट बचत खाता अन्तर्गतको डोर स्टेप बैंकिङ नेपालको इतिहासमै नयाँ थालनी भएको छ । जस्तो हामी घरमै बसेर मन लागेको खाना वा खाजा मगाउन सक्छौं, सवारी साधन घरमै बाेलाउन सक्छौं त्यस्तै अब बैंकिङ सुविधा पनि घरमै बसेर मगाउन सकिने नयाँ सेवाको थालनी कामना सेवाले गरेको छ । यसै विषयमा अनलाईनपानाले कामना सेवा विकास बैंकको मार्केटिङ विभाग प्रमुख पर्मा ढु्ङ्गेलसँग कुराकारी गरेका छन् । सोही कुराकानीमा आधारित अन्तर्वार्ताकाे सम्पादित अंश:
कामना सेवा विकास बैंकले सञ्चालनमा ल्याएको डोर स्टेप बैंकिङ सर्भिस के हो र यो सेवा लिन के गर्नुपर्छ ?
कामना सेवा विकास बैंकले सञ्चालनमा ल्याएको डोर स्टेप बैंकिङ सर्भिस हामीले ल्याएको नयाँ बचत खाता “विशिष्ट बचत खाता” मा पाईने नयाँ सुविधा हो । जस अन्तर्गत व्यस्त दैनिकी हुने, बैंक सम्म आउनलाई गाह्रो हुने ग्राहकहरुले घरमै बसेर लिन सकिने बैंकिङ सेवा हो । यो सेवा कामना सेवा विकास बैंकको मोवाईल वैंकिङ एप मार्फत् रिक्वेस्ट गर्न सकिन्छ । त्यस्तो रिक्वेस्ट प्राप्त भए पश्चात बैंकले आफ्नो प्रतिनिधी खटाई ग्राहक महानुभावले गरेको अनुरोध ग्राहक महानुभावले भनेकै स्थानमा पुगेर सेवा दिने गरिन्छ ।
जस्तैः तपाईलाई चेक बुक आवश्यकता परेको छ भने कामना सेवाको मोवाईल बैंकिङ एप मार्फत् रिक्वेस्ट गर्नुहुनेछ, त्यो रिक्वेस्ट अनुसार तपाईलाई तपाईकै लोकेशनमा चेक बुक डेलिभर गरिनेछ ।
सुन्दा अलिक अचम्म लाग्ने यो सेवा अन्तर्गत ग्राहक महानुभावहरुले के के सेवाहरु लिन सक्छन् ?
हो, अलिक सुन्दा बैंकले कसरी घरमै पुगेर सेवा दिन्छ होला जस्तो लाग्छ तर हामीले सुरुवात नै गरिसक्यौ, ग्राहकहरुले पनि सेवाहरु लिन सुरु गरिसकेका छन् । शुरुवाती चरणमा हामीले ग्राहक महानुभावहरुले दैनिक रुपमा बैंकबाट लिनु पर्ने सेवाहरु जस्तै नगद झिक्ने, नगद जम्मा गर्ने, चेक बुक, बैंक स्टेटमेण्ट, व्यालेन्स सर्टिफिकेट, चेक जम्मा, आरटिजिएस लगायतका सेवाहरु प्रदान गरेका छौं । क्रमिक रुपमा हामीले ग्राहक महानुभावका सुझावलाई मध्यनजर गर्दै अन्य सेवाहरु समेत थप गर्दै जानेछौं ।
तपाईहरुलाई कसरी यो सुविधा ल्याउनुपर्छ भन्ने सोच आयो र यसले बजारमा कस्तो प्रभाव पार्छ जस्तो लाग्छ ?
विकसित देशहरुमा मानिसहरुलाई बैंकसम्म पुग्ने फुर्सद नै हुँदैन, कि त आफ्नो कामलाई विदा लिनुपर्छ नत्र भने बैंकसम्म पुग्नलाई निकै कठिन हुने गर्दछ । हाल नेपालमा पनि त्यस्तै जीवनशैलीको विकास भएको छ । आफ्नो व्यवसायमा, कार्यालयमा निकै व्यस्त हुने अनि बैंकमा पैसा जम्मा गर्न जानको लागि छुट्टै समय निकाल्नु पर्ने भएको छ । त्यसैले गर्दा हामीले कसरी त्यस्ता ग्राहकहरुलाई हाम्रो सेवा पु¥याउन सक्छौ भन्ने लाग्यो र हामीले त्यसमा अनुसन्धान ग¥यौं । छिमेकी देश भारतमा सिमित सुविधाहरु घरसम्मै पुगेर सेवा दिने गरेको छ । अमेरिका, वेलायत, सिंगापुर, हङकङ जस्ता देशहरुमा उच्च आय भएका ग्राहकहरुलाई मध्यनजर गर्दै यस्ता सुविधाहरु दिने गरिएको रहेछ । हामीले पनि नेपालमा त्यस्तो सुविधाको थालनी गर्नुपर्छ भनेर प्रविधिमा आधारित भएर यस्तो सेवाको थालनी ग¥यौं । अब यसले बजारमा बैंकिङ सर्भिस लिनको लागि बैंकसम्म पुग्नु पदैन भन्ने मानक नै स्थापना गर्छ भन्ने हामिले विश्वास लिएका छौं ।
नियमनकारी निकायले नगद बाेकेर हिड्ने अनि यस्ता महत्वपूर्ण कागजातहरुलाई घरमै पु¥याउने गर्दा केही भन्दैन ?
हामीले नेपाल राष्ट्र बैंकबाट नै स्वीकृती लिएर यो सेवाको थालनी गरेका छौं । यो सेवाको स्वीकृती लिनुपुर्व नै हामीले नेपाल राष्ट्र बैंकलाई प्रस्तुतीकरण गरेर, सेवा प्रवाहको मोडेल बताएर, जोखिम न्युनीकरणका आधारहरु प्रस्तुत गरेका थियौं । जुन एकदम विश्वसनीय र सुरक्षित रहेको पाए पश्चात हामीलाई यो सेवा प्रवाह गर्न स्वीकृती दिईएको हो ।
अब, नगद तथा अन्य महत्वपुर्ण कागजातहरु लिएर हिड्दा भई परि आउने जोखिमलाई बैंकले कसरी न्युनिकरण गरेको छ ?
एकदम राम्रो प्रश्न गर्नुभयो, पक्कै पनी आफ्नो पैसा जम्मा गर्नको लागि बैंकको कर्मचारीलाई दिएर पठाउदा जम्मा हुन्छ कि हुदैन, झिक्न लागेको पैसा आई पुग्छ कि पुग्दैन भन्ने शंका हुन स्वभाविक हो । त्यसैले गर्दा हामीले हाम्रो सेवालाई विशिष्टीकृत गरेका छौं । ग्राहकले बैंक प्रतिनिधीलाई नगद दिने वेलामा नै ग्राहकको खातामा पैसा जम्मा हुन्छ, भने ग्राहकले भिक्ने पैसा ग्राहकले प्राप्त गरे पश्चात मात्र ग्राहकको खाता डेविट हुने गर्दछ । त्यसको लागि हामीले छुट्टै डिभाईसको व्यवस्था गरेका छौ जुन रियलटाईम हुन्छ । साथै त्यस्तो पैसाको हामीले विमा समेत गरेका छौ जसले गर्दा यो सुविधा निकै सुरक्षित र भरपर्दो छ ।
नेपाल राष्ट्र बैंकले नगद रहित कारोवारलाई प्राथमिकता दिईरहेको वेला तपाईहरु अझै नगद कारोवारलाई प्राथमिकता दिन खोज्नु भएको त हैन ?
नेपाल राष्ट्र बैंकले क्यासलेस भन्दा पनी लेस क्यास कारोवारलाई प्राथमिकता दिदै आएको छ । हामीले हाम्रो दैनिकी पुर्ण रुपमा नगद रहित कारोवार गर्न अझै समय लाग्छ । विकसित देशहरुमा पनि त अझै नगद कारोवार भईरहेका छन् । त्यसैले गर्दा हामीले यस्तो सुविधा ल्याएका छौं । कहिलेकाँही हामिलाई नगद नै आवश्यक पर्दछ वा भुक्तानी नगदमै पाउछौं, त्यस्तो नगदलाई बैंक सम्म पु¥याउन यो डोर स्टेप बैंकिङ सर्भिस कोशेढुङ्गा नै हुनेछ ।
यो सेवा लिदा तपाईहरुले अरु के के सुविधाहरु प्रदान गर्नुभएको छ? अनी डोर स्टेप बैंकिङ सेवा लिँदा छुट्टै शुल्क लाग्छ कि लाग्दैन?
यो डोर स्टेप बैंकिङ सुविधा ग्राहकहरुलाई पु¥याईएको निशुल्क सुविधा हो । यस वापत कुनै पनी शुल्क लाग्दैन । खासमा हामीले विशिष्ट वचत खातामा यो डोर स्टेप बैंकिङ सर्भिस ल्याएका हौं । विशिष्ट वचत खाता खोल्दा ग्राहकहरुलाई निशुल्क रुपमा लकर सुविधा, डेविट कार्ड, मोवाईल बैंकिङ, डिम्याट, मेरो शेयर खाता उपलव्ध गराउँदछौ ।
के यो सेवा देशै भर उपलव्ध हुन्छ?
हाललाई हामीले यो सुविधा काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)मा सुरुवात गरेका छौं, विस्तारै यो सुविधा देशै भर सञ्चालन गर्ने बैंकको उद्धेश्य रहेको छ ।
कामना सेवा विकास बैंकले अन्य सेवा सुविधाहरुलाई कसरी ग्राहकहरु माझ पु¥याउदै आएको छ ?
कामना सेवा विकास बैंक भन्ने वित्तीकै अत्याधुनिक प्रविधीमा आधारित सेवा सुविधा प्रदान गर्ने विकास बैंक हो । हामीले प्रदान गर्ने सम्पुर्ण सेवा सुविधाहरु विशिष्टीकृत प्रविधीमा आधारित छन्, विश्वसनिय छन् । डिजिटल प्रविधिमा आधारित रहेर आफ्ना सेवा सुविधाहरु ग्राहक महानुभावहरु समक्ष पु¥याउन हामी प्रतिवद्ध छौं ।


















प्रतिक्रिया