Logo

राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि ८ वटा एजेन्डा तय गरिएको छ। बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले उक्त एजेन्डा तय गरेको हो।

रातोपाटीले प्राप्त जानकारी अनुसार जेनजी आन्दोलन र पछिल्लो राजनीतिक घटनाक्रम पहिलो एजेन्डा रहेको छ भने दोस्रोमा पार्टीको १५औँ महाधिवेशन समावेश छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा मंसिरमा महाधिवेशन गर्न माग गर्दै ५१ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहितको दबाब आएको छ। डा. शेखर कोइराला समूहले पनि मंसिरमै नियमित महाधिवेशन माग गरिरहेको छ।

सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिमा जिम्मेवारी दिएका छन्, जसपछि केन्द्रीय समिति बैठक अब खड्काको सभापतित्वमा बस्न लागेको हो।

संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य समाप्त भएको बताउँदै नियमित महाधिवेशनको कार्यतालिका बैठकमा पेश गर्ने तयारी गरेको छ।

बैठकका प्रस्तावहरू :
१. जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा,
२. पार्टीको १५औं महाधिवेशन तयारी सम्बन्धमा,
३. प्रतिनिधिसभा विघटन र घोषित २१ फागुनको निर्वाचन सम्बन्धमा,
४. तोडफोड र आगजनीबाट भग्नावेस भएका केन्द्रीय कार्यालय लगयातका मुलुकभरका विभिन्न कार्यालयहरुको पुनर्निर्माण सम्बन्धमा,
५. मुलुकको शान्ति सुरक्षा एवं सुशासनको अवस्था सम्बन्धमा,
६. प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनर्निर्माण सम्बन्धमा,
७. कार्यसम्पादन समितिको निर्णय सम्बन्धमा,
८. विविध ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार १४:३६   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।