Logo

प्रमुख समाचार

प्रधानमन्त्री कार्कीद्वारा सिंहदरबारमा कूटनीतिक निकाय र राजदूतलाई ‘ब्रिफिङ’



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायहरूसँग छलफल थालेकी छिन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघिबाट छलफल चलिरहेको छ ।

नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाइएको हो । बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरू सहभागी छन् ।

प्रधानमन्त्री कार्कीले नेपालको समसामयिक राजनीतिक अवस्थाका साथै आगामी २१ फागुनमा तय गरिएको प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा कूटनीतिक समुदायलाई जानकारी दिन यो बैठक आयोजना गरिएको हो ।

प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले यस्तो प्रकृतिको उच्चस्तरीय ब्रिफिङ पहिलोपटक आयोजना गरेकी हुन् । हालको राजनीतिक संक्रमण, संसद विघटनपछि घोषणा गरिएको निर्वाचन, तथा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउने वातावरण निर्माणको चुनौती बैठकको मूल विषय हो ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले संसद विघटन गरेर नयाँ निर्वाचनको बाटो खोल्नुभएको थियो । तर निर्वाचनको मिति नजिकिँदै जाँदा आवश्यक राजनीतिक संवाद र सहमति अभाव भएको भन्दै सरकारप्रति आलोचना हुँदै आएको छ । यसैबीच निर्वाचन आयोगले राजनीतिक दलहरूसँग परामर्श थालेको भए पनि सरकारका तर्फबाट प्रभावकारी पहल नभएको भन्दै चासो व्यक्त गरिएको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १४:५९   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।