Logo

प्रमुख समाचार

गोरखा सांस्कृतिक समाजको पाँचौं अधिवेशन तथा निर्वाचन प्रक्रिया अलमल्ल



काठमाडौं । गोर्खा सांस्कृतिक समाजको दशौँ वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन चलिरहेको छ । यतिबेला अन्तिम अन्तिम घडी भइरहेको छ।
सर्वसहमत सहमति नजुटेपछि निर्वाचनमा जाने प्रक्रिया अगाडि बढाइएको छ । तर यतिबेला रातिको १०:३० बजिसक्दा पनि निर्वाचन प्रक्रिया भने हुन सकेको छैन। निर्वाचन प्रक्रियाको माहाेल अझै बनिसकेको छैन ।
३५ जनाको कार्यसमितिलाई घटाउँदै २५ जनामा झारेपछि सदस्य तथा भाइटल पोस्टहरूका उम्मेदवारहरू धेरै भएपछि सर्वसहमत हुन गाह्रो परेको थियाे ।
करिब करिब सदस्य पदका लागि र नर्मल पदका लागि सबै उम्मेदवारहरु मिलिसकेको छ ।
तर वरिष्ठ अध्यक्ष र अध्यक्षमा अझै तालमेल नमिलेपछि निर्वाचन अवस्था अलमल्लमा परेर यतिबेला रोकिएको छ ।
केही पक्ष निर्वाचन आजै गरौं भन्ने छ भने केही पक्ष नगराैं भनेका छन् । अहिलेलाई छोडौं अब पछि गरौंला भन्ने पक्षमा विमत भइरहेको अवस्था सिर्जना भएको छ।
अध्यक्ष पदका लागि चिजा तामाङ र प्रेम अर्यालको कटाक्ष छ । त्यस्तै बरिष्ट उपाध्यक्षको लागि हरिराम परियार र लवकुमार भट्टको प्रतिस्पर्धा भइरहेको छ।
यिनै दुई पोस्टको लागि सर्वसहमत नहुँदा निर्वाचन प्रक्रिया यतिबेला अलमल्ल अवस्थामा रहेको हाे ।

 

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार २२:४२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।