Logo

प्रमुख समाचार

सुशीला कार्कीले शपथ लिएपछि मात्र मोबाइल फोन पाएँ : ओली



काठमाडौं । जेन्जी आन्दोलनपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्केको शपथग्रहणअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मोबाइल नेपाली सेनाको नियन्त्रणमा रहेको बताएका छन्।

आइतबार राजधानीका सम्पादकहरूसँगको छलफलमा उनले आफू सेनाको सुरक्षा घेरामा रहेको र प्रधानमन्त्रीको शपथ लिएपछि मात्र आफ्नो मोबाइल फिर्ता पाएको जानकारी दिए।

‘राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ। तपाईंहरुले जे सुकै संज्ञा, विश्लेषण दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिएँ। प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म मैले मोवाइल लिन पाएँको थिएँ, मेरो मोवाइल फोन सिज गरिएको थियो। त्यसबेलासम्म मैले कसैलाई सम्पर्क गर्न पाएको थिइनँ,’ ओलीले भने।

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १६:१३   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।