काठमाडौं । राजनीतिक क्षेत्रमै नयाँ उर्जा र युवा नेतृत्वको प्रतिनिधित्व गर्ने उद्देश्यसहित राष्ट्रिय जेनजी पार्टीले दल दर्ताको लागि नेपाल निर्वाचन आयोगमा आधिकारिक निवेदन दिएको छ ।
यो नयाँ दलको अध्यक्षतामा हिरा प्रसाद सेती रहेका छन् । पार्टीको चुनाव चिन्हका रूपमा ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ ।
पार्टीले आफ्नो राजनीतिक दर्शनमा सामाजिक उदारवाद लाई अंगीकार गर्ने बताएको छ । पार्टीका नीति र सिद्धान्तहरूमा युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई आधार स्तम्भका रूपमा उल्लेख गरिएको छ ।
दलको विधानअनुसार, कुनै पनि पदाधिकारीले अधिकतम दुई कार्यकाल सम्म मात्र पद वहन गर्न पाउने प्रावधान राखिएको छ, जसले आन्तरिक लोकतन्त्र र नेतृत्वमा नवीनताको सुनिश्चितता दिने लक्ष्य लिएको देखिन्छ।
पार्टीको संघीय कार्यालय काठमाडौंको अनामनगरमा रहेको उल्लेख गरिएको छ। प्रारम्भिक केन्द्रीय समितिमा २१ सदस्य छन् ।
अध्यक्ष हिरा प्रसाद सेती, उपाध्यक्षमा मुना बिक, महासचिवमा गोपाल आचार्य, सचिवहरूमा संजु नेपाली, मोहम्मद आयातुल्ला रहमान, होम श्रेष्ठ रहेका छन् ।





















प्रतिक्रिया