काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले परीक्षाको नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।
बोर्डका अनुसार यस वर्षको पूरक परीक्षामा सहभागी १ लाख ४ हजार २६ जना विद्यार्थीमध्ये ७३.४१ प्रतिशत अर्थात् ७६ हजार ३ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। सोही परीक्षामा ४ जनाको नतिजा रद्द गरिएको बोर्डले जनाएको छ ।
गत असोज ७ र ८ गते देशभर सञ्चालन भएको पूरक परीक्षामा नियमित परीक्षामा असफल विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस गर्नुपर्नेछ ।





















प्रतिक्रिया