Logo

प्रमुख समाचार

लेवाटार मेलाः स्थानीय कलाकारलाई बाईबाई, बाहिरका कलाकार हाईहाई



बकुल्लहरी जलदेवी मन्दिर परिसरमा आयोजित रात्रिकालीन मेला अहिले सफलतापूर्वक चलिरहेको भए पनि स्थानीय स्तरमा भने एक अर्को विवादले चर्चा पाएको छ।

कार्यक्रम आयोजना समितिले गाउँकै राष्ट्रिय ख्याति प्राप्त कलाकारलाई बेवास्ता गरेर बाहिरबाट कलाकार बोलाएको भन्दै लेवाटार तथा आसपासका स्थानीय कलाकारले सार्वजनिकरूपमा असन्तुष्टि जनाएका छन्।

स्थानीय कलाकारहरूका अनुसार मेलास्थल वरिपरि देश विदेशमा पहिचान बनाएका अनुभवी कलाकारहरू बस्दै आए पनि मेला सञ्चालनका लागि उनीहरूलाई नबोलाई बाह्य कलाकारलाई भाडामा ल्याइएको छ।

“आफ्नै जन्मस्थानमा कार्यक्रम हुँदा पनि स्थानीय कलाकारलाई नसम्झिनु किन भएको हो, बुझ्न सकिएको छैन,” उनीहरूको टिप्पणी छ।

कलाकारहरूले प्रश्न उठाएका छन् “कार्यक्रम चलाउन सक्ने स्थानीय क्षमता नभएर बाहिरको मान्छे ल्याइयो कि कुनै चलखेल भयोरु” उनीहरूको भनाइमा, स्थानीय प्रतिभा र पहिचानलाई संरक्षण गर्नुपर्ने बेला उल्टै उपेक्षा गर्नु दुःखद भएको छ।

साथै, उनीहरूले जन्मभूमि र स्थानीय माटोप्रतिको सम्मान बचाइराख्न आयोजकलाई आग्रह गर्दै एउटा पुरानो भनाइ पनि स्मरण गराएका छन्—“एउटा पुषले जाडो जान्न, एउटा बाहिरको कलाकारले मेला सम्हाल्नू नै आवश्यक छैन। हामीसँग कला छ, क्षमता छ र आफ्नो गाउँप्रति माया छ।”

मेलाको सफलताको शुभकामना दिँदै स्थानीय कलाकारहरूले आगामी दिनमा आफ्नो श्रम, कला र पहिचानलाई कदर हुने आशा व्यक्त गरेका छन्।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार २०:५२   :  बजे

1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।