Logo

प्रमुख समाचार

चुनावका लागि गगन थापाको नाम धनकुटाबाट पनि सिफारिस



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम धनकुटाबाट पनि सिफारिसमा परेको छ ।

जिल्ला कार्यसमिति बैठकले २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री थापाको नाम प्रत्यक्षतर्फ एक नम्बरमा राखेर सिफारिस गरेको हो ।

लागि प्रत्यक्षतर्फ पहिलो नम्बरमा महामन्त्री थापा र दोस्रोमा दिनेश राईको नाम सिफारिस गरिएको छ । राई धनकुटाका जिल्ला सभापति हुन् । हरिकुमार राई, मनोहर नारायण श्रेष्ठको नाम पनि प्रत्यक्ष उम्मेदवार तर्फ सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ करुणा कटुवाल, टिकादेवी भण्डारी, अम्बिका धमला, सीता प्रधान र मीना राईको नाम सिफारिस गरेको हो ।

समानुपातिकतर्फ उम्मेदवार रहेकी कटुवाल जेनजी हुन् । जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेवारको नाम टुंगो लगाएको हो ।

महामन्त्री थापाको नाम रोल्पाबाट पनि सिफारिस गर्ने गरेको छ । काठमाडौं–४ क्षेत्रीय समितिले भने बुधबार सिफारिस गर्ने भएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार १९:२९   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।