काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले शेयरधनीहरुलाई उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश लगानीकर्ताले पाउनेछन् ।





















प्रतिक्रिया