Logo

अन्तर्राष्ट्रिय

युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार



 

काठमाडौं । रुस–युक्रेन युद्धलाई अन्त्य गर्ने दिशामा महत्वपूर्ण संकेत दिँदै अमेरिकाले शान्ति सम्झौताअन्तर्गत युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको छ । बर्लिनमा भएको पछिल्ला वार्ताहरूपछि अमेरिकी अधिकारीहरूले करिब चार वर्षदेखि चलिरहेको युद्ध समाप्त गर्न आधार तयार भइरहेको बताएका छन् । वार्तामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकाका दूतहरूबीच धेरै महत्वपूर्ण मुद्दाहरूमा छलफल भएको थियो ।
अमेरिकी अधिकारीहरूका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरू र युक्रेनी नेतृत्वबीच सुरक्षा ग्यारेन्टी र क्षेत्रीय मुद्दाहरूमा मतभेदहरू धेरै हदसम्म कम भएका छन् ।
अमेरिकाले युक्रेनलाई दिइने सुरक्षा ग्यारेन्टी अनिश्चित समयसम्म खुला प्रस्ताव नरहने स्पष्ट पारेको छ । राष्ट्रपति ट्रम्पले पनि अब शान्ति सम्झौताको पहिलेभन्दा धेरैनजिक पुगिएको र युरोपेली देशहरूको पनि पूर्ण समर्थन मिलिरहेको बताएका छन् ।

प्रकाशित मिति : १ पुष २०८२, मंगलवार ०८:४८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।