Logo

अर्थ

आयोन भीले पायाे उच्च मान्यता भएको ५ स्टार एनक्याप सेफ्टी रेटिङ



काठमाडाैं । उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि विश्वव्यापी रूपमा परिचित इभी ब्रान्ड, आयोनले विश्व इभी बजारमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ। एसिया, युरोप र मध्य पूर्वमा आफ्नो बढ्दो उपस्थितिका साथ, आयोन निकै प्रचलित बनेको छ।

नेपाली ग्राहकहरुमा भने आयोनको आयोन भी मोडेलले लोकप्रियता पाईरहेको छ। भविष्यमुखी डिजाइन, फराकिलो इन्टेरियर र उन्नत सुविधाहरूका साथै आयोन भी सुरक्षामा पनि उत्कृष्ट छ।

आयोन भी ले हालै यूरो एनक्याप टेस्ट २०२५ मा सर्वोच्च ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ, जुन अटोमोबाइलहरूको लागि विश्वको सबैभन्दा सम्मानित सुरक्षा मूल्यांकनहरू मध्ये एक हो। आयोन भी ले यसअघि युरो एनक्याप टेस्ट २०२५ मा पनि ५ तारे सुरक्षा रेटिङ प्राप्त गरेको छ। यो मान्यताले आयोनको उच्च स्तरको सुरक्षा पनि प्रदान गर्ने गाडीहरू निर्माण गर्ने प्रतिबद्धतालाई दर्साउँछ।

आयोन भीमा उन्नत बडी स्ट्रक्चर, मल्टी(सेन्सर कोलिजन डिटेक्सन, र एआई-संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरू छन्, जसले चालकहरूलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्दछ।

नेपालमा सीजी मोटर्सले आधिकारिक विक्रेता को रुपमा नेपाली ग्राहकहरूलाई आयोन भी र आयोन वाई जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू प्रस्तुत गर्दै आएको छ। विस्तारित शोरूम, सर्भिस सेन्टर, र ग्राहक सेवा सुविधाहरूका साथ आयोन र सीजी मोटर्स नेपाललाई एक स्वच्छ, स्मार्ट र सुरक्षित मोबिलिटीको भविष्यतर्फ अघि बढाउन मद्दत गर्न प्रतिबद्ध छन्।

 

 

 

प्रकाशित मिति : १ पुष २०८२, मंगलवार १४:३१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।